उमेर हदको सेवाअवधि अघि नै विमानस्थल सुरक्षा प्रमुख चन्दद्वारा राजीनामा

- माघ २०, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले पदबाट राजीनामा दिएका छन् । सुरक्षा प्रमुखले एकाएक राजीनामा दिएपछि अहिले निकै चासोको विषय बनेको छ । व्यक्तिगत कारणले आफूले राजीनामा दिएको प्रहरी नायब महानिरीक्षक चन्दले जानकारी दिए।

उनले भने , ‘मैले मेरो व्यक्तिगत कारणले शुक्रबार राजीनामा दिएको छु, बाँकी अहिले म केही भन्दिनँ ।’ चन्दको उमेर हदको सेवाअवधि आगामी २०८१ चैत मसान्तसम्म रहेको थियो ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर