एमालेका उपाध्यक्ष पौडेलको चिन्ता : जबसम्म राजनीति सङ्लो हुँदैन, तबसम्म देश ठिक ढङ्गले अघि बढ्न सक्दैन

- माघ २०, २०८० मा प्रकाशित


कासिन न्यूज,
बुटवल ।

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले देशको राजनीति धमिलिँदै गएको बताएका छन । प्रेस चौतारी नेपाल रूपन्देहीले शनिबार आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगिता शुभारम्भ गर्दै पौडेलले देशको राजनीति धमिलो भएकै कारण देश ठिक ढङ्गले अघि बढ्न नसकेको बताएका हुन ।

‘देश धेरै अप्ठ्यारो अवस्थामा छ’, पौडेलले भने । उनका अनुसार राजनीति सङ्लो नभएसम्म देश ठिक ढङ्गबाट अघि बढ्न सक्ने अवस्था छैन । ‘जबसम्म राजनीति सङ्लो हुँदैन, तबसम्म देश ठिक ढङ्गले अघि बढ्न सक्दैन, अहिले देशको राजनीति बिग्रिरहेको छ’ पौडेलले भने ।

सरकारका काम कारबाहीले देश लथालिङ्ग बन्दै गएको पौडेलले बताए । देशलाई लयमा फर्काउन निक्कै चुनौती रहेको उनले जनाएका छन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर