पश्चिमी वायुको प्रभावले कतै हुस्सु र कुहिरो, कतै वर्षा र हिमपात
- माघ २१, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । तराई–मधेश क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ ।
आइतबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, बागमती प्रदेशको थोरै स्थानहरू तथा बाँकी पहाडी भूभागको एकदुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
राती भने देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी पहाडी भूभागको एकदुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुनेछ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments