नबुझ्नेहरुले जनताको बहुदलीय जनवादको विरोध गरे पनि औचित्य सकिएको छैन : अध्यक्ष नेपाल

- माघ २१, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवादको औचित्य समाप्त भइनसकेको बताएका छन् । आइतबार काठमाडौंमा डा। वेदुराम भुसालद्वारा लिखित पुस्तक लोकार्पण गर्दै अध्यक्ष नेपालले नबुझ्नेहरुले जनताको बहुदलीय जनवादको विरोध गर्ने गरेको भन्दै अहिले पनि जबजको औचित्य उतिकै रहेको बताएका हुन् ।

नेपाली कम्युनिष्ट आन्दोलनको परिवेशमा जबजको सान्दर्भिकता र आवश्यकता रहेको उनले बताए । उनले नेपालको परिवेशमा बहुदलीय प्रतिष्पर्धाको माध्यमबाट नै अरु पार्टीलाई पराजित गर्दै नेपाली समाजको रुपान्तरण गर्न सक्ने धारणा राखे ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका भुसालको जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रम नामक पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर