भगवान गणेशको विशेष दिन : माछा खाँदा तपाइँको आर्थिक नोक्सानी हुन्छ
- माघ २३, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
२०८० साल माघ २३ गते मंगलबार तदनुसार सन् २०२४ फेब्रुअरी ६ तारिख। एकादशी तिथि। मंगलबार धनमा चन्द्रमा छन्। माघ कृष्ण एकादशी षट्तिला एकादशी व्रत हो। मंगलबारको दिन सुरक्षित इन्टरनेट दिवससमेत परेको छ । मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने प्रचलन छ।
मंगलबार भगवान श्री गणेशको सबैभन्दा प्रिय दिन मानिन्छ। सुख, शान्ति र समृद्धिका लागि शुद्ध मनले यस दिन भगवान श्रीगणेशको पूजा गर्नु उत्तम मानिन्छ। मंगलबार व्रत बसेर पूजा आराधना गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ। शास्त्रमा भगवान गणेशको पूजा विधि १६ भागमा उल्लेख गरिएको छ। जसमा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गंध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, तांबूल, द्रव्य दक्षिणा, आरती, परिक्रमा पर्दछन्। यो पूजाविधिका लागि शुद्ध र एकाग्र मनले संकल्प लिनुपर्छ।
धर्मशास्त्रका अनुसार यी काम मंगलबार गर्दा हाम्रो जीवनमा समस्या बढ्न सक्छन्। मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने विश्वास छ। मङ्गलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ। मंगलबार मासु सेवन गर्नु हुँदैन। मङ्गलबारको दिन मदिरा सेवन गर्दा तपाईंको क्रोधमा वृद्धि हुन्छ। गणेशजीलाई सबैभन्दा बढी मन पर्ने भोजन लड्डु हो।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments