नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बुढाथोकीको निधन

- माघ २३, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ । विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा सोमबार राति ८० वर्षको उमेरमा नेता बुढाथोकीको निधन भएको हो ।

नेता बुढाथोकी लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पीडित थिए । पछिल्लो समय मिर्गौलामा समस्या आएपछि बुढाथोकी थप अस्वस्थ्य बनेका थिए । ‘सेतो बाघ’ उपनामले चर्चित झापा अर्जुनधारा नगरपालिकाका बासिन्दा बुढाथोकी पञ्चायतकाल र गणतन्त्र दुवै शासन व्यवस्थामा मन्त्री भएका थिए । नेता बुढाथोकी प्रधानपञ्च, जिल्ला पञ्चायत समापतिहुँदै राष्ट्रिय पञ्चायत सदस्य भएका थिए ।

उनी पञ्चायतकालमा जलस्रोत सहायक मन्त्री बनेका थिए । गणतन्त्रपछि पनि उनी संघीय मामिला सामान्य प्रशासन मन्त्री भएका थिए । बुढाथोकीको स्कुले जीवन दार्जिलिङ्गमा बितेको थियो ।

बुढाथोकीले तत्कालिन युवराज विरेन्द्र, उनका भाई ज्ञानेन्द्रसँगै पढेका थिए । नेता बुढाथोकीको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज झापा जिल्ला पार्टी कार्यालयमा राखिने बताइएको छ । बुढाथोकीका दुई छोरा र एक छोरी छन् ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर