खानीमा गएको पहिरोमा पुरिएका ५ जनाको ज्यान गयो, ४५ जनाको उद्धार
- माघ २४, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
फिलिपिन्सको दक्षिणी क्षेत्रमा पर्ने दाभाओ दी ओरो प्रान्तको एक खानीमा गएको पहिरोमा परि पुरिएका ८६ जनामध्ये उद्धारकर्मीले ४५ जनालाई उद्धार गरेका छन् । पहिरोमा पुरिएर पाँच जनाको ज्यान गएको छ ।
सेनाको पूर्वी कमान्डकी प्रवक्ता रोजा मा क्रिस्टिना रोसेट म्यानुएलले घटनास्थल नजिकै रहेका झन्डै ६ सय जनालाई सुरक्षित ठाउँमा सारिएको र पहिरोका कारण कैँयौँ व्यक्ति प्रभावित भएका बताए ।
झन्डै १० दिनदेखि परेको पानीका कारण खानीमा पहिरो गएको हो । फिलिपिन्समा यो हप्ता मुसलधारे वर्षाका कारण झन्डै आठ लाख मानिस प्रभावित भएका र २० जनाभन्दा बढीको ज्यान गएको फिलिपिन्स सरकारलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिह्वाले जनाएको छ । यस्तै ४१ जना बेपत्ता छन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments