विधान सम्मेलनबारे छलफल गर्न माओवादीको केन्द्रीय र स्थायी कमिटी बैठक बस्दै

- माघ २६, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

माओवादीको केन्द्रीय र स्थायी कमिटी बैठक बस्दै छ । शुक्रबार शनिबार बस्ने गरी माओवादी केन्द्रले केन्द्रीय र स्थायी कमिटी बैठक बोलाएको हो । मस्यौदा विधान २०८० माथि छलफल गर्न बैठक बोलाएको पार्टीका महासचिव देव गुरुङले बताए ।

माओवादीको विधान अनुसार केन्द्रीय कमिटीले अन्तिम रूप दिएपछि विधान पारित हुने व्यवस्था छ । बैठक राष्ट्रिय सभा गृहमा बस्ने पार्टी प्रवक्ता अग्नि सापकोटाको भनाइ छ । उनका अनुसार यो बैठकमा विधान सम्मेलनबारे छलफल हुने छ ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर