शेयर बजार : १५ अङ्कले बढेर २१ सय विन्दु नाघ्यो, साढे तीन अर्ब रुपैयाँको कारोबार
- माघ २९, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
आइतबार घटेको शेयर बजार सोमबार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से सोमबार १५ दशमलव ३३ अङ्कले बढेर २ हजार एक सय १ दशमलव १६ विन्दुमा पुगेको छ । सोमबार अन्य बाहेक अरु सबै समूहको शेयर उकालो लागेको छ ।
बोटलर्स नेपाल, समाज लघुवित्त, खुटेली बुखारी हाइड्रोपावर कम्पनी, चिरख्वा हाइड्रो र बलेफी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सबैभन्दा धेरै एनआईसी एसिया ग्रोथ फण्ड–२ को शेयर झण्डै नौ प्रतिशतले घटेको छ ।
सोमबार एक करोड एक लाख आठ हजार कित्ता शेयर तीन अर्ब ५८ करोड ६९ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै हिमालयन रि इन्सुरेन्स कम्पनीको २३ करोड दुई लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments