उपचार गरिदिने निहुँमा पटक-पटक जबर्जस्तीकरणी गरेको आरोपमा फरार प्रतिवादी पक्राउ
- माघ २९, २०८० मा प्रकाशित
कासिन न्यूज,
बाँके ।
इलाका प्रहरी कार्यालय कोहलपुरले शारीरिक अपाङ्गता भएकी महिलालाई जबरजस्तीकरणी गरी फरार भएका एक प्रतिवादीलाई पक्राउ गरेको छ।
शारीरिक अपाङ्गता भएकी कोहलपुरका ३० वर्षीया महिलालाई जबरजस्तीकरणी गरी फरार रहेका गोदावरी नगरपालि-५, नहरटोल कैलालीका ३९ वर्षीय गोविन्दप्रसाद बोहरालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । बोहराले ती महिलालाई उपचार गरिदिने निहुँमा पटक-पटक जबर्जस्तीकरणी गरेका थिए।
बोहराले ती महिलाको अनुहारमा भएको दागको समस्या हटाउने औषधी आफूसँग भएको र औषधी उपचार गराई पूर्णरुपमा निको पारिदिने तथा बिहेसमेत गर्ने प्रलोभन देखाएका थिए।
कोहलपुर नगरपालिका-२ मनकामना चोक नजिक कोठा लिई पटक-पटक जबरजस्तीकरणी गरेको र उक्त कुरा अरू कसैलाई भनेमा झारफुक गरेर भस्म गराइदिने भनी डरत्रास देखाएको उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।
काठमाडौंको नागार्जुन नगरपालिका-८ भीमढुङ्गाबाट पक्राउ गरी कोलपुर ल्याइएको कोहलपुर प्रहरीले जनाएको छ। पक्राउ परेका गोविन्द कोइरालालाई बाँके जिल्ला अदालतबाट सात दिनको हिरासतमा राख्ने आदेश अनुमति लिई थप अनुसन्धान गरिरहेको प्रनाउ तिवारीले जानकारी दिए।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments