पाकिस्तानमा नयाँ सरकार बनाउन कसरत : नवाजका भाइ प्रधानमन्त्री तथा छोरी मुख्यमन्त्रीका उम्मेदवार
- फाल्गुन २, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
पाकिस्तानमा सम्पन्न निर्वाचनमा कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गर्न असफल भएसँगै नयाँ सरकार बनाउन कसरत सुरु भएको छ । निर्वाचनको परिणामबाट पूर्वप्रधानमन्त्री नवाज सरिफको पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन) सबैभन्दा ठूलो दल बनेर उदाएको छ । यस पार्टीले ७५ सिट पाएको छ ।
यद्यपि गत फेब्रुअरी ८ मा सम्पन्न निर्वाचन परिणामअनुसार स्वतन्त्र उम्मेदवारले १ सय १ सिट पाएका छन् । निर्वाचित स्वतन्त्र सांसदमध्ये अधिकांश पूर्वप्रधानमन्त्री इमरान खानको पाकिस्तान तहरिक ए इन्साफ पार्टीका समर्थक छन् । पूर्वविदेशमन्त्री बिलावल भुट्टो जरदारीको पाकिस्तान पिपुल्स पार्टी पीपीपीले भने केबल ५४ सिट प्राप्त गरेको छ ।
यससँगै पीएमएलएनले पीपीपीसँग मिलेर सरकार बनाउने तयारी थालेको रोयटर्सले जनाएको छ । पीएमएलएनले नवाजका भाइ एवम् पूर्वप्रधानमन्त्री सहबाज सरिफलाई उम्मेदवार बनाउन लागेको बीबीसीले जनाएको छ । शहबाज सन् २०२२ देखि सन् २०२३ सम्म पाकिस्तानको प्रधानमन्त्री थिए ।
त्यसबाहेक नवाजले आफ्नी छोरी मरियम नवाजलाई पञ्जाब प्रान्तको मुख्यमन्त्री पदका लागि अघि सारेका छन् । उता, पीपीपीले भने नवाजको पार्टीलाइ सरकार बनाउन समर्थन गर्ने जनाएको छ ।
पाकिस्तानमा सरकार बनाउन १६९ सिटको आवश्यकता पर्छ । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइनल संस्करणले जनाएअनुसार पीएलएमएन र पीपीपीसहित मुत्थैदा कोमी मुभमेन्ट पाकिस्तान, पाकिस्तान मुस्लिम लिग काइद ए आजम, इस्तेकामा ए पाकिस्तान र बलोचिस्तान अवामी पार्टी गरी ६ वटा राजनीतिक दलले सहबाज सरकारमा जान तयार रहेको जनाएका छन् ।
यी सबै दलको सिट जोड्दा १५२ पुग्छ । यद्यपि महिला र गैरमुसलमानलाई प्रदान गरिने आरक्षण सिट विभाजन गरेको खण्डमा यस गठबन्धनले सहजै १६९ को आँकडा पार गर्ने डनले जनाएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments