कांग्रेसमा महासमिति बैठकको तयारी तीव्र, ५६ पृष्ठको नीति प्रस्ताव महासमितिमा पेश हुने
- फाल्गुन २, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेसले फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको तयारी तीव्र पारेको छ । महासमिति प्रचार प्रसार उपसमितिले बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै बैठकको तयारी तीव्र रुपमा अघि बढाएको जनाएको हो ।
बैठकमा आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक तथा राजनीतिक विषय समेटिएको करिब ५६ पृष्ठको नीति प्रस्ताव महासमितिमा पेश हुने प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए । नीति अधिवेशनका रुपमा सम्पन्न हुने महासमिति बैठकमा प्रस्तुत हुने उक्त प्रस्तावले वर्तमान राजनीतिक परिवेशलाई उचित सम्बोधन गर्दै व्यवस्था परिवर्तनका हरेक आन्दोलनमा सहभागी जनतामाझ पार्टीले विश्वासीलो र भरपर्दो गरि काम गर्ने विश्वास दिलाउने विश्वकर्माले बताए ।
राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता, स्वतन्त्रता न्याय र समानता, नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता भन्ने नाराका साथ आयोजना हुने महासमिति बैठकमा करिब दुई हजार तीन सय जना सहभागी हुने उनले जानकारी दिए । यस्तै बैठकमा आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक तथा राजनीतिक विषय समेटिएको करिब ५६ पृष्ठको नीति प्रस्ताव महासमितिमा पेस हुने विश्वकर्माले बताए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments