फेरि पनि समाप्त भयो नेपाली महिला टोलीको एसिया कप खेल्ने सपना

- फाल्गुन ४, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

एसीसी महिला प्रिमियर कपको सेमिफाइनल खेलमा नेपाल मलेसियासँग ४ विकेटले पराजित भएको छ । मलेसियासँग पराजित भएसँगै नेपाल एसिया कप क्रिकेटमा छनोट हुन असफल भएको छ ।

नेपालले दिएको १ सय १६ रनको लक्ष्य मलेसियाले ६ विकेट गुमाएर अन्तिम बलमा भेटायो । मलेसियाकी इस्ला हन्टरले नट आउट ६९ रन बनाइन् । नेपालकी सीता राना मगर र कविता जोशीले समान २ विकेट लिइन् ।

यसअघि मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय १६ रन बनायो । नेपालकी कप्तान इन्दु वर्माले २९, डोली भट्टले २५, कविता कुँवरले २३, रुबिना क्षेत्रीले २० रन बनाइन् । मलेसियाकी महिराह इजारी इस्मेलले २ विकेट लिए ।

अब मलेसियाले एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा आइतवार यूएईसँग खेल्नेछ । शुक्रबारै भएको अर्को सेमिफाइनलमा थाइल्यान्डलाई ४ रनले हराउँदै यूएई एसिया कप क्रिकेटमा छनोट भएको छ । एसिया कपमा क्रिकेटमा मलेसिया र यूएईसँगै भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्का खेल्नेछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर