कांग्रेस महासमिति बैठक : उपसभापति खड्काद्धरा नीति प्रतिवेदन प्रस्तुत, थापाको सांगठनिक प्रतिवेदनमा सहमति
- फाल्गुन ८, २०८० मा प्रकाशित
कासिन न्यूज,
ललितपुर ।
नेपाली कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीमा जारी छ । बैठकमा पार्टी उपसभापति पूर्णबहादुर खड्काले नीति प्रतिवेदन प्रस्तुत गरेका छन् ।
महामन्त्री गगनकुमार थापाले तयार पारेको सांगठनिक प्रतिवेदनमा चुनावअघि गठबन्धन नगर्ने उल्लेख गरेकोमा सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका नेताहरू नै असन्तुष्ट थिए । सोही कारण बैठकको तालिका बिथोलिएकोमा कांग्रेसका शीर्ष नेताहरुबीच उक्त प्रतिवेदनमा आंशिक संशोधन गर्ने सहमति जुटेपछि महासमिति बैठक अघि बढ्ने बताइएको थियो ।
आगामी चुनावमा आफ्नै तागतमा एक्लै लड्ने संकल्प गर्ने उल्लेख गरेर महामन्त्री थापाको प्रतिवेदन परिमार्जन गर्न कांग्रेस नेताहरु सहमत भएका हुन् । महामन्त्री थापाको प्रतिवेदनलाई गएराति नै टुंगो लगाइएको छ ।
सहमतिपश्चात बैठक मंगलबार बिहान ९ बजे सुरु हुने बताइए पनि सदस्यहरू समयमै आई नपुगेकाले निर्धारित समयभन्दा करिव दुई घण्टा ढिलो गरी सुरु भएको हो । महासमिति बैठकमा आज सबै प्रतिवेदन पेस हुने र छलफल सुरु हुने कांग्रेसले जनाएको छ ।
पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आज महासमिति बैठकमा नीति, सांगठनिक, समसामयिक, अर्थ र लेखासम्बन्धी प्रतिवेदनमाथि समूहगत छलफल हुने जानकारी दिए ।
मंगलबार बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काको नीति प्रतिवेदनका साथसाथै, महामन्त्री गगन थापाको सांगठनिक प्रतिवेदन, अर्का महामन्त्री विश्वप्रकाश शर्माको राजनीतिक प्रतिवेदन पेस हुने छ । त्यस्तै अर्थमन्त्री प्रकाशशरण महतको अर्थतन्त्रको वर्तमान अवस्था र चुनौती र श्याम घिमिरेको लेखा प्रतिवेदन पनि पेस हुनेछ ।
सभापति शेरबहादुर देउवाले सोमबार ललितपुरको गोदावरीमा उद्घाटन गरेपछि सुरु भएको महासमिति बैठक फागुन १० गतेसम्म चल्ने छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments