एमाले केन्द्रीय कमिटी बैठक : जनसरोकार र जनदबाबको कार्यक्रमको खाका प्रस्तुत
- फाल्गुन ८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा चारवटा कार्ययोजना प्रस्तुत भएका छन् । बैठकमा पार्टी अध्यक्ष केपी ओलीले मुलुकको समसामयिक राजनीतिका विषयमा गहनतम् विश्लेषणात्मक, संश्लेषणात्मक आफ्नो अहिलेको राजनीतिक घटनाक्रमको बारेमा समीक्षासहितको राजनीतिक विश्लेषण प्रस्तुत गरेका हुन् ।
त्यस्तै पार्टीव्यापी रुपमा सञ्चालन हुने ०८१ को वैशाखदेखि सञ्चालन हुने पार्टीको शुद्धीकरण तथा सुदृढीकरणसम्बन्धी कार्ययोजना पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरुलाई कार्यान्वयन गर्ने र समायानुकूल पार्टी निर्माण गर्ने खालको एउटा विषय पार्टीका उपाध्यक्ष विष्णु पौडेल, पार्टीको संगठनात्मक कामको समीक्षाको विषयमा पार्टीका महासचिव शंकर पोखरेल र पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेका जनसरोकार र जनदबाबको कार्यक्रमको खाका प्रस्तुत गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनले खाकासम्बन्धी प्रस्तुत गरिएका कार्ययोजना र प्रस्तावमाथि छलफल गर्न समग्र केन्द्रीय कमिटीको टिमलाई नौवटा समूहमा विभाजन गरिएको जनाए । पार्टी स्थायी कमिटीको एउटा समूह, सात प्रदेशका सात समूह र बाँकी एउटा समूह उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरु रहेको गौतमले जनाए ।
‘बैठकलाई अध्यक्ष केपी ओलीले मुलुकको समसामयिक राजनीतिका विषयमा गहनतम् विश्लेषणात्मक, संश्लेषणात्मक आफ्नो अहिलेको राजनीतिक घटनाक्रमको बारेमा समीक्षासहितको राजनीतिक विश्लेषण प्रस्तुत गरे । बैठकमा ४ वटा अवधारणा पत्रहरु कार्ययोजना प्रस्तुत भए । पार्टीव्यापी रुपमा सञ्चालन हुने ०८१ को वैशाखदेखि सञ्चालन हुने पार्टीको शुद्धीकरण तथा सुदृढीकरणसम्बन्धी कार्ययोजना पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रस्तुत गरे,’ ‘पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरुलाई कार्यान्वयन गर्ने र समायानुकूल पार्टी निर्माण गर्ने खालको एउटा विषय पार्टीका उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरे । पार्टीको संगठनात्मक कामको समीक्षाको विषयमा पार्टीका महासचिवले आफ्नो विस्तृत कार्ययोजना प्रस्तुत गरे । पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेका जनसरोकार र जनदबाबको कार्यक्रमको खाका प्रस्तुत गरे । खाकासम्बन्धी प्रस्तुत गरिएका कार्ययोजना र प्रस्तावमाथि छलफल गर्न समग्र केन्द्रीय कमिटीको टिमलाई नौवटा समूहमा विभाजन गरिएको छ ।’
उनले छलफलपछि आएका निष्कर्षलाई केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरी पार्टी नेतृत्वले त्यसलाई सम्बोधन गर्ने र बिहीबार केन्द्रीय कमिटीको बैठकमा व्यवस्थित गर्दै अघि बढ्ने जानकारी दिए । उनले भने, ‘समूहमा प्रस्तुत कार्ययोजनामाथि बुधबार १० बजेबाट नियमित छलफल हुनेछ । छलफलपछि आएका निष्कर्षलाई केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरी पार्टी नेतृत्वले त्यसलाई सम्बोधन गर्नेछ र बिहिबारको दिन केन्द्रीय कमिटीको बैठकमा व्यवस्थित गर्दै अघि बढ्नेछौं ।’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments