११ वर्षिया बालिकालाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा दुई व्यक्ति पक्राउ
- फाल्गुन १०, २०८० मा प्रकाशित
कासिन न्यूज,
गोरखा ।
११ वर्षिया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले गण्डकी गाउँपालिका–२ का ३७ वर्षिय आशिष चेपाङलाई प्रहरीले पक्राउ गरेको हो ।
मंगलबार बालिकालाई आफ्नो घरको कोठामा लगेर जबरजस्ती करणीको प्रयास गरेको भन्दै पीडितका बावुमार्फत् आएको जाहेरी दरखास्तका आधारमा चेपाङलाई प्रहरीले पक्राउ गरेको गोरखाका डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
त्यस्तै, जबरजस्ती करणी प्रयासमा सहयोग गरेको भन्दै सोही ठाउँका २३ वर्षिय इश्वर चेपाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुवै जना बिरुद्ध जबरजस्ती करणी उद्योग शीर्षकमा मुद्धा दर्ता गरी गोरखा जिल्ला अदालतबा म्याद थप अनुमति लिएर घटनाको अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले बताए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments