वर्षाका कारण हवाई उडान प्रभावित, हिमाली क्षेत्रमा हिमपात
- फाल्गुन १०, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
देशभरकै मौसम बदली भएर वर्षा र हिमपात भएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरमा मेघगर्जन सहित भारी वर्षा भएको छ । बाग्मती, लुम्बिनी, गण्डकी, कर्णाली र सूदुरपश्चिमका हिमाली क्षेत्रमा हिमपात भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अरु ठाउँमा पनि छिटपुट वर्षा भएको महाशाखाले जनाएको छ । देशको पूर्वी भागमा राति हल्का वर्षाको सम्भावना छ । महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार शुक्रबारदेखि देशको पश्चिम क्षेत्रबाट मौसम क्रमिक रुपमा सुधार हुदै जानेछ ।
चिसो बढेकाले स्वास्थ्य सतर्कता अपनाउन पनि आग्रह गरिएको छ । मौसम प्रतिकूल हुँदा दिउँसो काठमाडौँबाट हुने अन्तर्राष्ट्रिय उडानहरु पनि प्रभावित भएका छन् । विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार आन्तरिक उडानतर्फ भने सामान्य अवरोध छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments