उपनिर्वाचन : डम्बरबहादुर खड्का नै देउवाको रोजाइमा किन ?
- फाल्गुन १३, २०८० मा प्रकाशित
कासिन न्यूज,
इलाम ।
इलाम २ उपनिर्वाचन नेपाली कांग्रेसले इलाम सभापति डम्बरबहादुर खड्कालाई नै उठाउने योजना बनाएको छ । खड्का २०७९ को निर्वाचनमा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार नेता नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी भएका थिए भने खड्काले २९ हजार नौ सय ६ मत प्राप्त गरेका थिए ।
तर निर्वाचनमा एमालेले धाँधली गरेको कांग्रेसको आरोप थियो । खड्काले हारेको नभएर २०७९ को निर्वाचनमा कम्पाट पाएको ठहर गर्दे कांग्रेसले खड्कालाई नै टिकट दिने भएको कांग्रेस उच्च स्रोतको भनाइ छ ।
केशव थापा भने ०७४ को निर्वाचनमा ११ हजारले एमालेका नेम्वाङसँग हारेका व्यक्ति हुन् । भेषराज आचार्य पनि २०७० को निर्वाचनमा ७ हजार मतले नेम्वाङसँग हारेका थिए ।
यो पटक खड्कालाई नै अवसर दिने कांग्रेसको योजना छ । यता एमालेले भने स्व नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई टिकट दिने संकेत गरेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments