नारायणी अस्पतालमा जन्मिएको नवजात शिशु छोडेर आमा बेपत्ता
- फाल्गुन १३, २०८० मा प्रकाशित
कासिन न्यूज,
वीरगन्ज ।
वीरगन्जमा जन्मिएको शिशु नै अस्पतालमा छाडेर आमा बेपत्ता भएको घटना सार्वजनिक भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालमा छोरी जन्मिएको भन्दै परिवारका सदस्यहरुले झगडा गरेपछि आफूले जन्माएको नवजात शिशु अस्पतालको बेडमै छाडेर एक जना महिला बेपत्ता भएकी हुन्।
नारायणी अस्पतालका सूचना अधिकारी डा। उदयनारायण सिंहका अनुसार, अस्पतालको प्रसूती विभागमा शनिबार जन्मिएको नवजात शिशु अस्पतालको बेडमै छाडेर शिशुलाई जन्मदिने महिला र उनका आफन्त सम्पर्कविहीन भएका हुन्। आइतबार साँझसम्म पनि ती महिला वा उनका आफन्त कोहिपनि सम्पर्कमा नआएको सिंहले जानकारी दिए। शिशुलाई अस्पतालको एनआइसियु वार्डमा राखिएको उनले बताए।
डाक्टर सिंहका अनुसार, शनिबार प्रसूति गराउनका लागि वीरगन्ज महानगरपालिका वडा नम्बर ६ रानीघाट ठेगाना टिपाएकी ३० वर्षिया महिला सीता देवी साह कानुलाई लिएर उनकी सासु अस्पतालमा आएकी थिइन्। ती महिलाको पतिको नाम धिरज साह कानु रहेको अस्पतालको रेकर्डमा उल्लेख छ। डाक्टर सिंहका अनुसार, प्रसूती गराउन अस्पतालमा आउँदा उनका पति भने आएका थिएनन्।
शनिबार अस्पतालको प्रसूती वार्डमा भर्ना गरिएकी ती महिलाले शनिबार नै छोरीलाई जन्म दिएकी थिइन्। यसअघि ती महिलाका तीन जना छोरी मात्रै थिए। अहिले चौथो सन्तानपनि छोरी नै जन्माएको भन्दै ती महिलाका सासु लगायतका परिवारका सदस्यले महिलासँग कच्कच गरेपछि झगडापनि भएको थियो। झगडा भएपछि शनिबार बेलुकीको समयमा ती महिला र उनीसँग आएका आफन्तहरु शिशुलाई अस्पतालकै बेडमा छाडेर सम्पर्कविहिन भएको जानकारी अस्पताल प्रशासनले प्रहरीलाई गराएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए।
थापाका अनुसार, प्रसूती गराउन अस्पतालमा जाँदा महिलाले अस्पतालको रजिष्टरमा टिपाएको नाम र ठेगाना नै गलत जस्तो देखिएको छ। किनकी रानीघाट भन्ने टोल वीरगन्ज महानगरपालिकाको वडा नम्बर ६ मा पर्दैन। अहिलेसम्म रानीघाट टोलमा ती नाम भएको महिला वा उनको पतिको नाम भएको व्यक्ति नै फेला नपरेको थपाले बताए।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments