सञ्चालनमा आउँदै व्यवसायी कुँवरले ४० करोड रुपैयाँमा निमार्ण गरेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान

- फाल्गुन १४, २०८० मा प्रकाशित


कासिन न्यूज,
बुटवल ।

रुपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन एक्स्ट्राटेक ओभल क्रिकेट मैदान सोमबारदेखि सञ्चालनमा आउने भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका १७ मा व्यवसायी विनोद कुँवरले ४० करोड रुपैयाँको लगानीमा एक्स्ट्राटेक ओभल मैदान निर्माण गरेका हुन् । मैदानको उद्घाटनमा आज चार टिमसम्मिलित टी–२० फर्म्याटको क्रिकेट प्रतियोगिता हुने छ ।

नेपालले सन् १९९६ मा पहिलो पटक एसिसी ट्रफी खेल्दाका खेलाडी लेजेण्ड्स ९६, २०१४ को टी–२० विश्वकपमा भाग लिएको नेपाली क्रिकेट टिमका खेलाडीहरु, नेपालका अन्य खेलाडीहरू र रुपन्देही लेजेण्ड्स गरी ४ टोलीबीचको प्रतियोगिता आयोजना गर्न लागिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर