झन्डै २ हप्तापछि पुनः जाग्यो जापानले चन्द्रमामा पठाएको ल्यान्डर
- फाल्गुन १५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
जापानले चन्द्रमामा अवतरण गराएको अन्तरिक्ष यानको ल्यान्डर चन्द्रमाको रात सकिएपछि पुनः जागेको छ । ऊर्जा प्रणालीमा समस्या आएकोले रात परेपछि काम नगर्ने सम्भावना रहेकोमा रात सकिएपछि पुनः सक्रिय भएको जापानी अन्तरिक्ष निकाय (जाक्सा) लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । चन्द्रमामा रात सकिएपछि ल्यान्डरलाई पृथ्वीबाट निर्देशन दिइएको र त्यसले पठाएको प्रतिक्रिया पनि प्राप्त भएको जाक्साले जनाएको छ ।
चन्द्रमामा हुने एक रातको अवधि पृथ्वीमा दुई हप्ताजतिको हुन्छ । रात पर्दा चन्द्रमामा निस्पट्ट अन्धकार र निकै चिसो हुने हुन्छ । यसअघि भारतले चन्द्रमामा अवतरण गराएको ल्यान्डरले रात परेपछि काम गर्न छाडेको थियो । जापानी अन्तरिक्ष निकाय (जाक्सा) ले ल्यान्डरलाई चन्द्ररात्रिमा हुने कठोर अवस्था खप्ने गरी नबनाएको भए पनि पुनः काम गर्नु खुशीको कुरा भएको बताएको छ ।
बेलायतमा रहेको ओपन युनिभर्सटीका सिमिअन बार्बरले पनि चिसो चन्द्ररात्रिपछि ल्यान्डर पुनः सक्रिय भएको खबर अत्यन्तै महत्त्वपूर्ण रहेको बताएको बीबीसीले जनाएको छ । उनका अनुसार चन्द्रमामा दीर्घकालीन रोबटिक वा मानवसहितको अभियान चलाउने हो भने चन्द्रमाको रातमा जोगिनु ठूलो प्राविधिक चुनौती पार गर्नु रहेको उहाँको भनाइ छ ।
बार्बरका अनुसार जापानी ल्यान्डर अवतरण गरेको ठाउँमा दिउँसोतिर तापक्रम एक सय डिग्री सेल्सिअस पुग्छ । तर राति झरेर माइनस एक सय ३० डिग्री हुन्छ । यसअघि सौर्य प्यानल सूर्यको विपरीत दिशामा फर्किएकोले निकै छोटो सयम काम गरेको ल्यान्डरले अब आफ्नो उद्देश्यअनुरूप काम पूरा गर्ने विश्वास रहेको जाक्साले जनाएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments