कासिन न्यूज,
काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत बुधबार नेदरल्यान्ड्सको सामना गर्दैछ। टियू मैदान कीर्तिपुरमा हुने खेलमा नेपालले ११:३० मा नेदरल्यान्ड्सको सामना गर्न लागेको हो। यसअघि नेपाल मंगलबार भएको आफ्नो पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो।
शीर्ष दुईमा रहँदै फाइनल पुग्नका लागि नेपाललाई आजको खेल जित्नुपर्ने दबाब रहेको छ। पहिलो खेलमा नेपालविरुद्ध नामिबियाले टस जितेर ब्याटिङ गर्दै २ सय ६ रनको उच्च स्कोर बनाएको थियो।
नेपालविरुद्ध जान निकोल लोफ्टी एटनले विश्व कीर्तिमानी शतक प्रहार गर्दा उच्च स्कोर बनाएको थियो। उनले उनले ३३ बलमै शतक हान्दै टी-२० आई इतिहासकै छिटो १ सय रन पूरा गरे। उनले गत एसियाली खेलकुदमा चिनमा कुशल मल्ललको ३४ बलमा मंगोलियाविरुद्ध बनाएको शतकको कीर्तिमान भंग गरेका थिए।
नेपाल र नेदरल्यान्ड्सबीच अहिले सम्म टी-२० अन्तर्राष्ट्रियमा पछिल्ला ४ मध्ये ३ खेलमा जित निकाल्दा १ खेलमा पराजित भएको छ। पछिल्लो पटक नेदरल्यान्ड्स र नेपालबीच टीयुमा त्रिकोणात्मक सिरिजमा २०२१ मा तीन खेल भएका थिए।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments