प्यालेस्टिनीमाथि इजरायली बम आक्रमण : ७० जनाको मृत्यु, २५० जना घाइते

- फाल्गुन १७, २०८० मा प्रकाशित


कासिन न्यूज,
गाजा ।

गाजा शहरको पश्चिम तटीय सडकमा सहायता लिन पर्खिरहेका प्यालेस्टिनीहरूको भेलामा बिहीबार इजरायली सेनाले गरेको बम आक्रमणमा कम्तीमा ७० जनाको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोत र प्रत्यक्षदर्शीहरूले बताएका छन्। इजरायली बमबारीमा कम्तीमा ७० जनाको ज्यान गएको र २५० जना घाइते भएको मेडिकल स्रोतले बताएको छ ।

मृतक र घाइतेहरूलाई अल(शिफा अस्पतालमा लगिएको छ । यद्यपि सो अस्पतालमा चिकित्सा उपकरण र चिकित्सकको अभाव रहेको बताइएको छ । प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई बताए अनुसार इजरायली सेनाले गाजा शहरको पश्चिममा अल-राशिद स्ट्रिटमा नागरिकहरूको भेलालाई आक्रमणको निशाना बनाएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर