सर्वोत्तम सिमेन्टको आईपीओको प्रिअलोटमेन्ट सम्पन्न, यसै साता शेयर बाँडफाँड हुने

- फाल्गुन २०, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

प्रिअलोटमेन्ट सकिएसँगै यसै साता उक्त आइपिओ बाँडफाँड गर्ने तयारी भएको बिक्रि प्रबन्धकले जनाएको छ । फागुन १३ गतेदेखि सर्वसाधारणमा निष्कासन खुला गरिएको आइपिओमा मागभन्दा १९.३२ गुणा धेरै आवेदन परेको थियो । कम्पनीले २७ लाख ७६ हजार ७६ कित्ता सेयरका लागि आवेदन माग गरेकोमा पाँच लाख २४ हजार ७८ जनाले ५ करोड ३६ लाख ३३ हजार ९ सय ९० कित्ता सेयरका लागि आवेदन माग गरेका छन् । कम्पनीले प्रति कित्ता ३६०.९ रुपैयाँमा न्यूनतम ५० कित्ताका लागि आवेदन माग गरेको हो ।

आयोजना प्रभावित, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ बाँडफाँड गरेपछि कम्पनीले सर्वसाधारणलाई निष्काशन खुला गरेको हो । यस आइपिओको निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर