राजधानी काठमाडौँसहित देशभर वर्षा, सोमबारदेखि मौसममा क्रमिक सुधार हुने
- फाल्गुन २०, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
राजधानी काठमाडौँसहित देशभर प्रिमनसुन वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर बदली रहनाका साथै देशका विभिन्न स्थानमा वर्षा भएको हो।
महाशाखाका अनुसार आइतबार कोशी प्रदेश र मधेस प्रदेशको पूर्वी भू–भागबाहेक देशभर वर्षा भएको छ। प्रिमनसुन सुरु भएपछि आइतबार पहिलोपटक काठमाडौँसहित देशभर वर्षा भएको हो। ‘मार्च १ तारिखदेखि नै प्रिमनसुन सुरु भइसकेकाले यो प्रिमनसुन वर्षा हो। प्रिमनसुन गतिविधि पनि देखियो, चट्याङसहित वर्षा भएको छ,’ उनले भने।
प्रिमनसुनमा विशेष गरेर बिहानदेखि मध्याह्नसम्म घाम लाग्ने अपराह्नतिर बदली हुनाका साथै मेघगर्जनरचट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। मार्च, अप्रिल र मे महिनालाई प्रिमनसुन महिना मानिन्छ। नेपालमा सामान्यतयाः मनसुन भित्रिने समय जुन १० तारिख भए पनि कुनै वर्ष केही दिन ढिलो वा चाँडो मनसुन भित्रिने गरेको मौसमविद्को भनाइ छ। अघिल्लो वर्ष जुन १४ तारिखमा नेपालमा मनसुन भित्रिएको थियो।
महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा भएको छ। देशभरका धेरै स्टेसनहरुमा वर्षाको रेकर्ड भएको छ ।
नेपालमा पश्चिमी वायुको प्रभाव पनि कायमै छ। सोमबारदेखि मौसममा क्रमिक सुधार हुनेछ। देशका पहाडी भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments