टी-२० सिरिज : त्रिवी क्रिकेट मैदानमा नेपाललाई ४ विकेटले पराजित गर्दै नेदरल्याण्ड्सलाई उपाधि
- फाल्गुन २२, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
त्रिदेशीय टी–२० सिरिजको उपाधि नेदरल्याण्ड्सले जितेको छ । कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेदरल्याण्ड्सले नेपाललाई ४ विकेटले पराजित गर्यो । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले खेल सकिन तीन बल अगाडी १८९ रन बनायो ।
नेदरल्याण्ड्सको जितमा माइकल लेभेटीले ५४ तथा सिब्राण्ड एंगलब्रेथले ४८ रन बनाए । नेपालका कुशल मल्लले ४ विकेट लिए ।दिपेन्द्रसिंह ऐरी र अविनास बोहराले एकरएक विकेट लिए । नेपालको हारमा बोहरा महंगो साबित भए । तीन ओभर बलिङ गरेका उनले एक विकेट लिँदा ३९ रन खर्चिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर रन बनायो । नेपालका ओपनर आसिफ सेखले ४७ रन बनाए । सेखले ३७ बलमा तीन छक्का र एक चौका प्रहार गर्दै ४७ रनमा आउट भए । कप्तान रोहितकुमार पौडेल २५ र कुशल भुर्तेल २० रनमा आउट हुँदा गुलसन झा ३४ रनमा पभेलिएन फर्किए । ११ बलमा ३ छक्काको मद्दतमा कुशल मल्लले २६ रन बनाए ।
करन के.सीले ९ रन बनाउँदा दिपेन्द्रसिंह ऐरी १ रनमा आउट भए । आरिफ सेख शून्य रनमा आउट भए सोमपाल कामी र प्रतिस जिसी समान ६ रनमा नटआउट रहे ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments