विश्वासको मत लिन दाहालले आइतबार ओलीसँग छलफल गर्ने, हालको गठबन्धनसँग १ सय ५२ मत

- फाल्गुन २६, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

प्रधानमन्त्री एवं नेकपा९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालले आइतबार बिहान नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने भएका छन् । संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको बैठकमा दाहालले ३० गते विश्वासको मत लिने सन्दर्भमा आइतबार बिहान ओलीसँग छलफल गरेर निर्णय लिने बताएका हुन् ।

दाहालको पक्षमा हालसम्म एमालेको ७७ माओवादीको ३२, रास्वपाको २१ जसपाको १२, र नेकपा एकीकृत समाजवादीको १० मत गरि जम्मा १ सय ५२ मत छ ।

विपक्षमा १ सय १७ मत देखिन्छ । जसमा नेपाली कांग्रेस ८८, राष्ट्रिय प्रजातन्त्र पार्टी १४, लोसपा ४, नाउपा ३, जनमत ६ र अन्य साना दलको २ मत छ । यस्तै पाँच जना स्वतन्त्र उम्मेदवारले पनि कसलाई साथ दिन्छन, त्यसको स्पष्ट चित्र आएको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल दोस्रो पटक विश्वासको मत प्राप्त गर्दा ०७९ चैत ६ गते पक्षमा १७२ र विपक्षमा ८९ मत खसेको थियो । यस्तै दिन्नँ भन्नेमा एक मत खसेको थियो ।

पहिलो पटक ०७९ पुस २६ मा भने कांग्रेस र एमालेसहित २६८ मत पाएका थिए । त्यो बेला दुईजनाले मात्र विपक्षमा मत हालेका थिए । यसो हुँदा पाँच दलीय गठबन्धनले मात्र दाहाललाई विश्वासको मत दिए उनले लिएको तेस्रो पटकको विश्वासको मतमा आएको परिणाम सबैभन्दा कम हो ।

What’s your Reaction?
+1
0
+1
1
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर