पाकिस्तानका नवनिर्वाचित राष्ट्रपति जरदारीद्वारा शपथ ग्रहण
- फाल्गुन २७, २०८० मा प्रकाशित
कासिन न्यूज,
इस्लामावाद ।
पाकिस्तानका नवनिर्वाचित राष्ट्रपति आसिफ अली जरदारीले आइतबार शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवनमा आइतबार आयोजित विशेष समारोहमा उनले पाकिस्तानको १४ औँ राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका हुन् ।
पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाले नवनिर्वाचित राष्ट्रपतिलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । उक्त समारोहमा निवर्तमान राष्ट्रपति आरिफ अल्वी, प्रधानमन्त्री शाहबाज शरीफ, सशस्त्र सेनाका प्रमुख, राजनीतिज्ञ र सुरक्षा निकायका प्रमुख लगायत विशिष्ट महानुभावहरू उपस्थित थिए ।
पाकिस्तान पिपुल्स पार्टी संसदीय दलका सह अध्यक्ष जरदारीले संसद् र चार प्रान्तीय सभालगायत सबै इलेक्टोरल कलेजबाट ४११ मत ल्याएर शनिबार विजयी भएका थिए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments