पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले हिमाली भूभागमा हिमपातको सम्भावना

- फाल्गुन २८, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले सुदूरपश्चिम प्रदेशमा सामान्य बदली तथा कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ ।

सोमबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान र उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हिमपातको सम्भावना रहेको छ ।

राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । सूर्योदय बिहान ६ बजेर १७ मिनेट तथा सूर्यास्त साँझ ६ बजेर १० मिनेटमा हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर