एपीएफलाई हराउँदै चर्च ब्वाइजले जित्यो झापा गोल्डकपको उपाधि

- फाल्गुन २८, २०८० मा प्रकाशित


कासिन न्यूज,
झापा ।

छैटौँ झापा गोल्डकप फुटबलको उपाधि चर्च ब्वाईज युनाइटेड क्लबले जितेको छ । झापाको बिर्तामोड स्थीत् डोमालाल राजवंशी रंगशालामा सोमबार सम्पन्न फाइनल खेलमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफ फुटबल क्लबलाई ३–० गोल अन्तरले हराउँदै चर्च ब्वाईजले उपाधि चुमेको हो ।

सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाईज युनाईटेड क्लबले पहिलो पटक सहभागि हुँदै छैटौँ झापा गोल्डकप प्रतियोगिताको उपाधि हातपार्न सफल भयो । विजेता चर्च ब्वाईजले १३ लाख नगद पुरस्कार, ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ भने उपबिजेता एपिएफ फुटबल क्लबले ७ लाख नगद पुरस्कारमा चित्त बुझाएको छ ।

चर्च ब्वाईजका लागी अवयामि फाकुन्लेले खेलको ११ औं र ६६ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएको थिए । खेलको ८७ औं मिनेटमा चर्च ब्वाइजकै राजेश परियारले थप १ गोल गर्दै टिमको जित निश्चित पारे । परियारले फाकुन्लेको पासमा उत्कृष्ट गोल गर्न सफल भएका थिए । पहिलो पटक उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएको विभागीय टीम एपीएफले खेलमा गोल गर्ने थुप्रै अवसर चुकाउँदा हार ब्यहोर्नु पर्यो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर