इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान शुरु, रोजा बेलुकाको नमाजको आजान सुनेर खोल्ने चलन
- फाल्गुन २८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान मुबारक महिना मंगलबारदेखि शुरु हुने भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुसलमानहरू दिनभर निराहार बस्छन् । सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब) को आजान सुनेर खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ ।
रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने तालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समयअघि नै र बेलुका तोकिएको समयपछि आहार लिइन्छ । उर्दू पात्रोअनुसार हिजरी सम्बत्को रमजान नवौँ महिना हो ।
रमजानमै मुसलमानहरूको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यस महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिइन्छ । दान गर्नु, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो ।
रमजान व्रत बस्न सोमबार साँझ मुसलमानहरूले चन्द्रमा हेर्ने प्रचलन छ । शरीरलाई शुद्ध राखेर मात्र रोज बस्नुपर्छ भन्ने मान्यता छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यस पर्वमा मुसलमानहरू रोजा बस्नुलाई गर्व गर्दछन् । नाबालक, बिरामी, जटिल रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य गरिएको छैन ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments