कासिन न्यूज,
मस्को ।
मस्कोको उत्तरपूर्वी इभानोभो क्षेत्रको कब्रिस्तान नजिकै रूसी सैन्य कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । न्युयोर्क पोस्टले रूसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै उडानपछि विमानको एउटा इन्जिनमा आगो लागेपछि आइएल-७६ विमान जङ्गलमा खसेको जनाएको छ ।
सैन्य कार्गो विमान दुर्घटना हुँदा जहाजमा आठ जना चालक दलका सदस्य र सात यात्रु सहित १५ जना थिए । अझैसम्म यात्रुहरूको परिचय तथा गन्तव्य भने स्पष्ट हुन सकेको छैन । न्युयोर्क पोस्टले टेलिग्राम च्यानल–११२ मा सम्प्रेषण गरिएको फुटेजमा विमानको एउटा इन्जिनमा आगो लागेको र तीव्र गतिमा उचाइ गुमाएको देखाइएको रिपोर्ट गरेको छ । अनलाइन समाचार माध्यामहरूले दुर्घटनामा पर्ने सबैको मृत्यु भएको रिपोर्ट गरेका छन् ।
‘मस्कोको स्थानीय समयअनुसार दिउसो एक बजे एक आइएल–७६ सैन्य यातायात विमान इभानोवो क्षेत्रमा निर्धारित उडानको लागि टेकअफ गर्दा दुर्घटनाग्रस्त भएको राज्यद्वारा सञ्चालित तास समाचार एजेन्सीले उद्धृत गरेको छ । इन्जिनमा आगलागी लागेका कारण दुर्घटनाको भएको मन्त्रालयले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । ‘सेभर्नी’ शिविरबाट विमानले उडान भरेलगत्तै इन्जिनमा आगो लागेको विज्ञप्तिमा उल्लेख छ ।
चालकहरूले आपतकालीन अवतरणका लागि एयरफिल्डमा फर्कने प्रयास गरेपनि उनीहरूको उक्त प्रयास सफल नभएको मन्त्रालयले जनाएको छ । टेलिग्राम च्यानल–११२ ले जनाएअनुसार बोगोरोड्स्को गाउँ बाहिरको चिहान नजिकैको जङ्गलमा दुर्घटना हुनुअघि जलिरहेको विमानलाई आवासीय क्षेत्रभन्दा बाहिर निकाल्न चालकदल सक्षम भएको थियो ।
यो दुर्घटना यो वर्षको दोस्रो आईएल– ७६ दुर्घटना हो । सन् २०२४ को जनवरी २४ मा युक्रेनी सशस्त्र बलले ६५ युक्रेनी युद्धबन्दीसहित ७४ जना यात्रु बोकेको विमान खसाल्दा सबैको मृत्यु भएको रूसी समाचार संस्था तासले जनाएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments