मीन संक्रान्ति : सूर्य कुम्भ र मेष राशिबाट मीन राशिमा प्रवेश

- चैत्र १, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

चैतको हुरीमा बतासमा पातहरू उडी उडी आँगन अनि बलेँसीमा दगुर्छन्, त्यसै गरी यो महिनामा मन पनि चलबल हुन्छ । सग्लै एउटा वर्षका ११ महिना बाँचेर आई सकियो, सुक्ख दुक्ख त जीवनका पाटा न भए, साथ सहयोग, सद्भाव, विर्सना अनि तिर्सना सँगाल्दै हामी आज यो मीन संक्रान्ति को सँघारमा आई पुग्यौ है ।

संक्रान्ति
महिनाको प्रथम दिनलाई संक्रान्तिका रूपमा मनाउने कुरा त हामी सबैलाई थाहा नै छ, आज पनि विभिन्न तीर्थस्थल अनि देवालय लगायत पवित्र नदी तलाउ आदिमा स्नान गरेर आउँदो महिना शुभ रहोस् भनी याचना गरिन्छ । विशुद्ध संस्कृत अर्थ हेर्ने हो भने संक्रान्ति भन्नाले परिवर्तन या परिवर्तनकारी समय भन्ने जनाउँदछ, उपसर्ग र प्रत्यय विभाजन गरेर हेर्ने हो भने सम र क्रान्ती मिलेर यो संक्रान्ति शब्द बनेको छ जसको अर्थ पवित्र या धार्मिक परिवर्तन हो । यस अर्थमा हरेक महिनालाई परिवर्तनको घोतकका रूपमा लिइन्छ र वर्षभरिका हरेक संक्रान्ति मा परिवर्तन हुन्छ । महिना सँगै मौसम, पहिरन, सोच अनि आहार विहारमा पनि परिवर्तन आउने पक्का छ । यसपाला पनि क्रमशः परिवर्तन भयो, जाडो अब सकिन थाल्यो अनि न्यानो र गर्मीको प्रवेश भयो । त्यसै कारणले त अब जाडोका लुगाहरूलाई धोई धाई गरेर थन्काउने दिन पनि आए त , कि कसो रु

मीन संक्रान्ति
आजको दिन सूर्य कुम्भ या त मेष राशिबाट मीन राशिमा प्रवेश गर्दछ । हरेक महिनाको सुरुवात सूर्यलाई पूजन गरेर मात्र गर्ने चलन ले यो संसारमा सूर्यको महत्त्व माथि प्रकाश पार्दछ । आखिर यस ग्रहका सम्पूर्ण तत्त्वहरूका श्रोत सूर्य नै त हुन् । तसर्थ सूर्यबाट जीवनमा सकारात्मक प्रभाव अनि आशा सञ्चारका लागी आज सबै जनाले आशिष् अनि सद्भावको अपेक्षा राख्दछन् । दिन दुखीलाई सहयोग अनि दान दक्षिणा गर्ने चलन पनि आज छ ।चैतलाई मेला को महिनाका रूपमा पनि लिइन्छ, चैत वाट सुरु भएको मेला लाग्ने लहर वैशाख ज्येष्ठ हुँदै लगभग वर्षै भरि लाग्दछ । भर्खर काटिएका गहुँका खेतमा बाँकी गहुँका छ्वालीहरू माथि मेला लाग्दछन् ।

वर्षको अन्तिम संक्रान्ति अनेक शुभकामना ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर