सीआईबी प्रमुखमा ज्ञवालीलाई पठाउने तयारी, प्रमुख बज्राचार्य, एसपी थापा र डीएसपीद्वय कुँवर र दाहाललाई कारबाही गर्न सिफारिस

- चैत्र २, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई पठाउने तयारी गरिएको छ । एआईजी किरण बज्राचार्यलाई जिम्मवारीमुक्त गरेर शुक्रबार साँझ बस्ने मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई उक्त जिम्मेवारी दिने स्रोतले जनाएको छ । ज्ञवाली प्रहरी प्रधान कार्यालयको कार्यविभाग प्रमुख छन् ।

सुन तस्करी सम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले बज्राचार्यको अनुसन्धानमा गम्भीर त्रुटि औंल्याएपछि उनलाई जिम्मेवारीबाट हटाउने तयारी भएको छ । आयोगले सुन तस्करीको अनुसन्धानमा गम्भीर त्रुटि औंल्याउँदै सीआईबी प्रमुख बज्राचार्य, एसपी सञ्जयसिंह थापा र डीएसपीद्वय रूगम कुँवर र दुर्गा दाहाललाई कारबाही गर्न सिफारिस गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर