के तपाईं मंगलबारको व्रत लिनुहुन्छ ? यस्ता छन् जान्नैपर्ने कुरा

- चैत्र ६, २०८० मा प्रकाशित


कासिनन्यूज,
काठमाडौं ।

हिन्दु धर्म अनुसार हरेक साताको हरेक एकदिन कुनै भगवानको नाममा व्रत बस्ने गरिन्छ । त्यसैगरी मंगलबार पनि धेरैजना गणेश भगवानको प्रार्थना गरि ब्रत बस्ने गर्छन् । सबै किसिमका सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रुदमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मङ्गलबारको ब्रत एकदमै उत्तम मानिन्छ । मंगलबारको ब्रतबाट मङ्गल ग्रहको अनिष्ट फल पनि शान्त हुन पुग्छ ।

बिहान उठेर स्नान गरी शुद्ध भएपछि रातो कपडा धारण गरी ’ॐ भौमाय नमः’ ५ माला जप गर्नुपर्दछ । गणेश भगवानको आराधना गर्नुपर्दछ । पूजा गर्दा रातो फूल, फल, तामा, नरिवल आदि दान गर्नुपर्दछ । मंगलबारको व्रतमा गहुँ र सख्खरको भोजन गर्नुपर्ने हुन्छ, रातो कपडा लगाउनु पर्दछ । व्रतको दिन के खानेरु व्रतको दिन कुनै ठोस खाना नलिनुहोस् । रातको समयमा ५ बजेपछि हल्का खाना (खीर, हलुवा, भात र सागसव्जी) खान सक्नुहुन्छ । व्रतको दिनमा फलफूल र फलफूलको जुस खान सकिन्छ । (व्रत बस्दा निराहार बस्दा राम्रो भएपनि स्वास्थ्यमा समस्या हुनेले केहि चिजहरु भने खान सकिन्छ ।

व्रतको समयमा साबदाना शुद्ध दुध मिलाएर शुद्ध परिकारको रुपमा खान सकिन्छ । व्रत बस्दा शरीरलाई पानीको मात्रा वढी चाहिने हुँदा पानी प्रशस्त पिउनुपर्छ । व्रतको दिन वा सकिएपछि केहि छिन रिलिफको लागि कोल्ड डिंक लिने बानी छ भने त्यसले मुटुमा गम्भिर खतरा पैदा गर्छ । खाली पेटमा तत्काल चिया पिउनु पनि ठीक होइन ।

व्रतको दिन के नखाने ?
चिल्लो–पिरो खानुहुदैन । व्रत बस्दा गर्भवती महिला नबसेको राम्रो हुन्छ । मुटु, कलेजो, फोक्सो , मृगौला ,मधुमेह, उच्च रक्तचापका समस्या भएकाले ब्रत बस्न हुदैन । मसलेदार खाना खानु राम्रो हुँदैन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर