पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावले देशभर बदली
- चैत्र ७, २०८० मा प्रकाशित
कासिनन्यूज,
काठमाडौं ।
अहिले देशभर बदली भएको छ । कोशी र मधेश प्रदेशका केही स्थानमा भने वर्षा पनि भएको छ । यस्तो अवस्था बिहिबार सम्म रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव छ । यो प्रभाव पूर्वी नेपालमा बढी र पश्चिम नेपालमा कम छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाले बुधबार पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रति प्रभावले कोशी र मधेशका अधिकांश स्थानमा हल्का खालको वर्षा भइरहेको जानकारी दिए । एक-दुई स्थानमा मध्यम खालको वर्षा पनि भइरहेको उनले बताए ।
मौसमविद झाका अनुसार काठमाडौंमा पनि छिटपुट वर्षाको सम्भावना छ । ‘काठमाडौंमा बुधबार र बिहिबार पनि छिटपुट वर्षा हुने सम्भावना छ,’ उनले भने । उनका अनुसार गण्डकीदेखि पश्चिमको भूभागमा भने तुलनात्मक रुपमा कम बदली छ । बदली पनि पहाडी क्षेत्रमा बढी र तराई क्षेत्रमा कम छ । बदली र वर्षा भएका स्थानमा जाडो महसुस पनि भइरहेको छ ।
यस्तो अवस्था बिहिबारसम्म कायम रहने मौसमविदको पूर्वानुमान छ । बिहिबार देखि मौसममा सुधार हुँदै जाने मौसमविद झाले बताए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments