टिकट पाएपछि सुहाङले भने : जिम्मेवारीको लागि आभारी छु, जित सुनिश्चित छ
- चैत्र ११, २०८० मा प्रकाशित
कासिनन्यूज,
काठमाडौं ।
नेकपा एमालेका युवा नेता सुहाङ नेम्बाङले आफ्नो जित सुनिश्चित भएको बताएका छन् ।आइतबार एमाले सचिवालयको बैठक बसेर उनलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
सो निर्णयपछि उनले भने, ‘इलामका अग्रज नेता र मेरा पार्टीका सबै नेताहरूप्रति यो जिम्मेवारीको लागि आभारी छु । मलाई दिएको जिम्मेवारी पुरा गर्छु । मेरो जित सुनिश्चित छ ।’
उनले इलाम २ का जनताको सपना र माग पूरा गर्ने भन्दै आफ्ना क्षेत्रका जनताले आफूप्रति ठुलो भरोसा राखेको बताए । प्रतिनिधि सभा निर्वाचन २०७९ मा यो स्थानमा एमाले भर्सेस गठबन्धनले चुनावी प्रतिस्पर्धा गरेका थिए ।
त्यस बेला एमालेका उम्मेदवार स्व सुवास नेम्बाङले ३० हजार २० मत ल्याएका थिए भने गठबन्धनका तर्फबाट कांग्रेस नेता खड्काले २९ हजार ९०६ मत पाएका थिए । इलामका दुई वटै क्षेत्रमा गठबन्धनलाई हराउँदै एमाले उम्मेदवारहरु विजयी बनेका थिए । गत निर्वाचनको तथ्याङ्कलाई आधार मान्ने हो भने इलाम–२ मा एमाले एक्लैको मत ३० हजार छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments