आयरल्याण्ड्सलाई ६ विकेटले पराजित गर्दै घरेलु मैदानमा नेपालको शानदार जित
- चैत्र १२, २०८० मा प्रकाशित
कासिनन्यूज,
काठमाडौं ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आयरल्याण्ड्ससँगको टी–२० क्रिकेट नेपालले छ विकेटले जितेको छ । आयरल्याण्ड्सले दिएको एक सय २२ रनको लक्ष्य नेपालले १६ ओभर एक बलमा चार विकेट गुमाएर भेटायो ।
नेपालका कुशल भुर्तेलले नटआउट ३७ र दीपेन्द्रसिँह ऐरीले २० रन बनाए । यस्तै सन्दीप जोराले ३६, आशिफ शेखले १६ र गुल्शन झाले चार रन बनाए । कप्तान रोहित पौडेलले खाता पनि खोल्न सकेनन् । आयरल्याण्ड्स उल्भ्सका ग्रेथ डेल्नीले दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड्सले २० ओभरमा अलआउट हुँदै एक सय २१ रन बनायो । उसका स्टेफिन डोहेनीले सर्वाधिक ४६ रन बनाए । बलिङतर्फ नेपालका कुशल भुर्तेल, गुल्सन झा र ललित राजवंशीले सामान दुई विकेट लिए । कुशल मल्ल र करण केसीले सामान एक विकेट लिए ।
नेपाली टोलीले आयरल्याण्ड (ए) सँग मंगलबार अर्को खेल खेल्ने छ । नेपालले आउने टी–२० क्रिकेट विश्वकप र एसिया कप छनोटको तयारी स्वरूप यो मैत्रीपूर्ण खेल खेलिरहेको हो । नेपालको सिनियर टोलीसँगको शृङ्खलापछि नेपाल(ए) सँग तीन खेलको टी–ट्वेन्टी र तीन खेलको एकदिवसीय शृङ्खला खेल्नेछ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments