भगवान गणेशका ११ स्वरुप : कस्को पूजा गर्दा के फल मिल्छ ?
- चैत्र १३, २०८० मा प्रकाशित
कासिनन्यूज,
काठमाडौं ।
भगवान गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक भनेर पूजा गरिन्छ। हिन्दू धर्मावलम्बीहरूले सबैभन्दा पहिले पूजा गर्ने देवताको हुन् भगवान गणेश । ऋद्धि र सिद्धि यीनका श्रीमती हुन् । शिवमहापुराणमा गणेशको नामबाट परिचित भगवान गणेशको जांतहुने, पूजागर्ने तिथि, मिति, बिधि, बिधानमा एकरुपता छ ।
भगवान श्री गणेशको रूपमा भिन्नता रहेको छ । यो भिन्नताले आफ्नो-आफ्नो छुट्टा छुट्टै महत्व देखाउँछ । भगवान श्री गणेशको पूजा सबै देवताहरू भन्दा पहिले हुन्छ । काममा कुनै बिध्न बाधा उत्पन्न न होस् भनेर कुनै पनि काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशको आरधना र स्मरण गर्दछन् ।
मंगलाचरणको शुरुमै ॐ श्री गणेशाय नमः मन्त्रोच्चारणबाट नै कामको थालनी गरिएको हुन्छ ।
श्रीगणेशको नाम मात्र लिनाले पनि मानिसहरूको मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । ११ प्रकारका गणेश भगवानका स्वरुपमध्ये कुनै एकको विधिपूर्वक पूजा गर्नाले घरमा सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने धार्मिक विश्वास छ ।
सेतो गणेश : भगवान गणेशका विभिन्न स्वरुप मध्ये तपाईले सेतो गणेशको प्रतिमा देख्नुभएको होला । मठ मन्दिरमा समेत गणेश भगवानको सेतो प्रतिमा हुन्छन् । बजारमा पनि सेतो गणेशको मूर्ति किन्न पाइन्छ । यीनलाई ‘श्वेतार्क गणपति’ पनि भनिन्छ । ‘श्वेतार्क गणपति’को प्रतिमा घरमा स्थापित गर्नाले घरका सवै सदस्यहरूको दुःख निवारण हुने धार्मिक विश्वास छ ।
मुगा जडित गणेश : मुगा सिंदूर रंगको एक रत्न हो । यसबाट निर्माण गरिएको गणेशको मूर्तिलाई पूजास्थानमा स्थापित गरी नित्य पूजा गर्नाले शत्रुको नास हुने भक्तहरुको मनोकामना पूरा हुने विश्वास गरिन्छ ।
पन्ना जडित गणेश : पन्ना पनि एक हरिणे रङको रत्न हो । यसबाट बनेको गणेशको प्रतिमा पूजास्थानमा स्थापना गरी विधिपूर्वक पूजा गर्नाले सत्बुद्धि प्राप्ति हुनुका साथै सुख शान्ति र धन प्राप्ति हुने विश्वास गरिन्छ ।
चाँदीको गणेश : जसले धनको इच्छा राख्छ । उसले चाँदीद्वारा निर्माण गरिएको गणेको प्रतिमालाई पूजा गर्नुपर्ने जनाइन्छ । यस्तो प्रकारको प्रतिमा पूजास्थानमा स्थापित गरी पूजा गर्नाले धन-सम्पत्ति प्राप्ति हुने घरमा सुख शान्ति हुने विश्वास गरिन्छ ।
चन्दनद्वारा निर्मित गणेश : पूजामा प्रयोग हुने चन्दन (एक प्रकारको काठ)बाट निर्माण गरिएको भगवान गणेशको प्रतिमा घरमा राखेर पूजा गर्नाले कुनै पनि प्रकारका विपतबाट बच्न सकिने धार्मिक विश्वास छ । यस प्रकोको गणेशको पूजा गर्नाले पारिवारमा सखु–शान्ति छाउने विश्वास गरिन्छ ।
पारद गणेश : धनसम्पत्ति प्राप्तिका लागि पारद अर्थात पारोबाट बनेको गणेको प्रतिमा पूजास्थानमा राख्नु उपयुक्त मानिन्छ । यस प्रकारको प्रतिमा घरमा राखेर पूजा गर्नाले तन्त्रको प्रभाव नपर्ने बताइन्छ ।
बाँसुरी बजाउँदै गरेको गणेश : घरमा झैझगडा तथा विवाद हुन्छ भने बाँसुरी बजाउँदै गरेको गणेशको प्रतिमा राखी पूजा गर्नु उत्तम मानिन्छ । बाँसुरी बजाउँदै गरेको गणेशको प्रतिमा पूजा स्थानमा राखेर विधिपूर्वक पूजा गर्नाले सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने विश्वास गरिन्छ ।
हरियो रंगको गणेश : हरियो रंगको श्रीगणेशको पूजा गर्नाले ज्ञान र बुद्धि प्राप्ति हुने विश्वास गरिन्छ । यस्तो प्रकारको गणेश घरमा राखेर विद्यार्थीहरूले नित्य पूजा गर्नु उत्तम मानिन्छ ।
हात्तीमा विराजमा गणेश : यदी कोही धन प्राप्तिको इच्छा राख्दछन् भने हात्तीमा बिराजमान भएको भगवान गणेशको प्रतिमा पूजा कोठामा स्थापना गरी विधिपूर्वक नित्य पूजा गर्नुपर्छ । हात्तीमा विराजमान श्रीगणेशको पूजा गर्नाले पैसा, इज्जत र स्वामिमान वृद्धि हुने धार्मिक विश्वास छ ।
नाच्दै गरेको गणेश : नाच्दै गरेको भगवान गणेशको प्रतिमा पूजाकोठामा स्थापित गरी पूजा गर्नाले मनमा शान्ति मिल्ने तथा तनावबाट मुक्त भइने धार्मिक विश्वास छ । मनको शान्ति र एकाग्र बन्नको लागि नाच्दै गरेको गणेशको मूर्ति पूजा स्थानमा राख्नु उत्तम मानिन्छ ।
पञ्चमुखी गणेश : तान्त्रिक क्रिया सिद्दिका लागि पञ्चमुखी गणेश भगवानको पूजा गर्नु उत्तम मानिन्छ । पञ्चमुखी श्रीगणेशको पूजा गर्नाले कुनै पनि तान्त्रिक क्रियामा कुनै पनि बाधा–अडचन नआउने धार्मिक विश्वास छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments