दोस्रो टी–२० अभ्यास खेलमा पनि नेपाल ‘ए’ पराजित, आयरल्यान्ड–उल्भ्सले जित्यो शृङ्खला
- चैत्र १७, २०८० मा प्रकाशित
कासिनन्यूज,
काठमाडौं ।
दोस्रो टी–२० अभ्यास खेलमा आयरल्याण्ड–उल्भ्ससँग नेपाल’ए’ ४० रनले पराजित भएको छ । आयरल्याण्ड–उल्भ्सले दिएको दुई सय २५ रनको लक्ष्य पछ्याएको नेपाल १७ ओभर पाँच बलमा एक सय ८४ रन बनाउँदा अलआउट भयो । नेपाल ‘ए’ का देव खनालले ४७, विनोद भण्डारीले २६, लोकेश बमले २५ र बसिर अहमदले २७ रन बनाए पनि अरू ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । पावरप्लेअघि ८७ रन बनाएर उत्कृष्ट सुरुवात गरेको नेपाल ‘ए’ का मध्यक्रम र पछिल्लो क्रमका ब्याटरको खेल कमजोर हुँदा नेपालले दोस्रो हार व्यहोर्नुपर्यो ।
यसअघि टस हारेर व्याटिङको निम्तो पाएको आयरल्यान्ड उल्भ्सले २० ओभरमा छ विकेट गुमाएर दुई सय २४ रन बनायो । आयरल्यान्ड–उल्भ्सका कप्तान निल रकले सबैभन्दा ७१ रन बनाए । नेपालका सागर ढकालले तीन, कमल सिंह ऐरी र पवन सर्राफले समान एक विकेट लिए ।
आयरल्यान्ड–उल्भ्सले नेपाल ‘ए’ सँगको तीन खेलको टी–२० शृङ्खला एक खेल अगावै जितेको छ । पहिलो खेलमा नेपालको ‘ए’ टोली २१ रनले पराजित भएको थियो । शृङखलाको तेस्रो तथा अन्तिम खेल पर्सि सोमवार हुनेछ । टी–२० शृङ्खलापछि यी दुई टोलीले आउने बुधवारदेखि तीन खेलको एकदिवसीय शृङ्खला खेल्नेछन् । यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्यान्ड–उल्भ्सबीचको दुई खेलको टी–२० क्रिकेट शृङ्खला नेपालले २–० ले जितेको थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments