कासिनन्यूज,
काठमाडौं ।
तेस्रो तथा अन्तिम टी–२० अभ्यास खेलमा नेपाल ए ले आयरल्यान्ड ए माथि ३ रनको रोमाञ्चक जित निकालेको छ । नेपालले दिएको २ सय १४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा आयरल्यान्ड ए ले पूरा ओभर खेल्दै ७ विकेट गुमाएर २ सय १० रन मात्र बनाउन सक्यो । नेपालको जितमा विपिन खत्रिले ३ विकेट लिए । कमल ऐरी, नारायण जोशी र रासिद खानले समान एकरएक विकट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १३ रन बनाएको थियो । नेपालका लागि आरिफ सेखले नटआउट ९३ रनको शानदार पारी खेले । उनले ४७ बलमा ७ चौका र ६ छक्का प्रहार गरे । रासिद खानले २४ र कमलसिंह ऐरीले १९ रन जोडे ।
ओपनर लोकेश बम ८, देव खनाल ६ र विनोद भण्डारीलाई ११ रनमा आउट भए । बसिर अहमद १९ रनमा पभेलिएन फर्किदा पवन सरार्फ १३ र नारायण जोशीले १ रन बनाए । आयरल्याण्डका फिन ह्यान्डले २, लियाम म्याकार्थी, म्याथ्यु फस्टर, ग्यारेथ डेलानी र गेभिन होईले १र१ विकेट लिए । ब्याटिङतर्फ आयरल्याण्डका ग्यारेथ डेलानीले ६८ रन बनाउँदा मोर्गन टोपिङ ६० रनमा आउट भए ।
योसँगै नेपालले तीन खेलको टी-२० सिरिज २-१ ले गुमाएको छ । नेपाल सुरुवाती दुई खेलमा २१ रन र ४० रनले पराजित भएको थियो । अब आयरल्याण्ड ए र नेपाल ए बीच एकदिवसीय सिरिज पनि हुनेछ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments