इन्डियन प्रिमियर लिग : बेंगलुरूलाई १८२ रनको लक्ष्य

- चैत्र २०, २०८० मा प्रकाशित


कासिनन्यूज,
काठमाडौं ।

लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलुरूलाई १८२ रनको लक्ष्य दिएको छ। एन चिन्नास्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको हो।

लखनउका डि काकले सर्वाधिक ८१ रन बनाए। ५६ बल खेलेका उनले ८ चौका र ५ छक्का प्रहार गरे। मार्कस स्टोयनिस २४, केएल राहुल २० र देवदत्त पडिक्कल ६ रनमा आउट हुँदा निकोलस पूरन ४० रनमा अविजित रहे। बेंगलुरूका ग्लेन मैक्सवेलले सर्वाधिक २ विकेट लिए। रिस टोप्ली, यश दयाल र मोहम्मद सिराजको नाममा १र१ विकेट रह्यो।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर