कासिनन्यूज,
इस्तानबुल ।
इस्तानबुलको एक आवासीय भवनमा मङ्गलबार आगलागी हुँदा २५ जनाको मृत्यु हुनाका साथै तीन जना घाइत भएका छन् । सहरको गभर्नरको कार्यालयले यसअघि १५ जनाको मृत्यु र आठ जना घाइते भएको जानकारी दिएको थियो ।
अग्निनियन्त्रकहरूले आगो निभाएको भए पनि आगलागीमा २५ जनाको ज्यान गएको छ र गम्भीर घाइते तीन जनाको अस्पतालमा उपचार भइरहेको छ”, गभर्नर दाभट गलको कार्यालयले विज्ञप्तिमा भनेको छ । “मध्य इस्तानबुल जिल्ला बेसिक्टासस्थित गेरेटेपेमा रहेको १६ तल्ले भवनको बेसमेन्टमा निर्माण कार्य चलिरहँदा आगलागी भएको हो”, गलले पत्रकारहरूलाई भने ।
घटनास्थलमा पुगेका इस्तानबुलका नवनिर्वाचित मेयर एक्रेम इमामोग्लुले बेसमेन्टमा नाइटक्लब सञ्चालनमा रहेको जानकारी दिए । “आगलागी नियन्त्रणमा छ । आशा गरौँ त्यहाँ थप पीडितहरू छैनन्”, इमामोग्लुले मृतक र घाइतेका आफन्तहरूप्रति समवेदना प्रकट गर्दै भने।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments