इन्डियन प्रिमियर लिग : रोयल च्यालेन्जर्स बेंग्लोरलाई २८ रनले पराजित गर्दै लखनउ सुपर जायन्ट्सको शानदार जित
- चैत्र २१, २०८० मा प्रकाशित
कासिनन्यूज,
काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सले शानदार जित निकालेको छ। रोयल च्यालेन्जर्स बंग्लोर (आरसिबी) माथि लखनउले २८ रनको जित निकालेको हो। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लखनउले क्विन्टन डिककको ८१ रनको शानदार अर्धशतकमा आरसिबीलाई १८२ रनको लक्ष्य दिएको थियो। एन चिन्नास्वामी स्टेडियममा लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको थियो।
लखनउका डि काकले ५६ बलमा ८ चौका र ५ छक्काको मद्दतमा सर्वाधिक ८१ रन बनाए। मार्कस स्टोयनिस २४, केएल राहुल २० र देवदत्त पडिक्कल ६ रनमा आउट हुँदा निकोलस पूरन ४० रनमा नटआउट रहे। आरसिबीका ग्लेन मैक्सवेलले सर्वाधिक २ विकेट लिए। रिस टोप्ली, यश दयाल र मोहम्मद सिराजले १-१ विकेट हात पारे।
१८२ रनको लक्ष्य पछ्याएको आरसिबीका लागि महिपाल लोमरले सर्वाधिक ३३ रन जोडे। रजत पाटीदार २९, विराट कोहली २२, कप्तान फाफ डु प्लेसिस १९, अनुज रावतले ११ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्। लखनउका बलरसामु कमजोर सावित भएको आरसिबी १५३ रन बनाएर १९.४ बलमा अलआउट भयो।
आरसिबीको ब्याटिङ लाइन कमजोर बनाउन लखनउका मयंक यादवले ३ र नवीन उल हकले २ विकेट लिए। मणिमारन सिद्धार्थ, यश ठाकुर र मार्कस स्टोइनिसले १-१ विकेट हात पारे। यो जितसँगै लखनउले तीन खेल खेल्दै चार अंक जोडेको छ। आरसिबी भने चार खेलमा दुई अंक मात्र जोड्न सफल भएको छ। आरसिबीले तीन खेल गुमाउँदा एउटा मात्र जितेको छ।
आईपिएल अन्तर्गत बुधबार दिल्ली क्यापिटल्स र कोलकत्ता नाइट राइडर्सको प्रतिस्पर्धा हुँदैछ। यो खेल साँझ ७ : ४५ मा सुरु हुनेछ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments