इरानको दक्षिणपूर्वी क्षेत्रमा भीषण झडप : कम्तीमा २८ जनाको मृत्यु, सुरक्षा प्रयासलाई गम्भीर चुनौती

- चैत्र २२, २०८० मा प्रकाशित


कासिनन्यूज,
तेहरान ।

इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचिस्तानमा बुधबार राति भएको भीषण झडपमा परी कम्तीमा २८ जनाको मृत्यु भएको इरानको सरकारी समाचार संस्था इरनाले जनाएको छ ।जैश अल–जुल्म नामक लडाकू समूहका सदस्यहरूले यस क्षेत्रका सेना र प्रहरीका कार्यालयहरूमा समन्वित आक्रमण गरेपछि हिंसा भड्किएको थियो ।

रिपोर्टका अनुसार रास्क काउन्टीमा इरानको ‘इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर ९आईआरजीसी०’ को एक सैन्य चौकी, आईआरजीसी मुख्यालय र चाबहार काउन्टीमा कोस्टगार्ड प्रहरी कार्यालयलाई लक्षित गरी आक्रमण गरिएको थियो ।

उक्त भिडन्तमा १८ लडाकू र १० सुरक्षाकर्मीको मृत्यु भएको र झडप समाप्त भएको र प्रभावित क्षेत्रमा सुव्यवस्था कायम गरिएको इरनाले जनाएको छ ।आक्रमणकारीले विस्फोटक पदार्थ प्रयोग गरी आक्रमण गरेको आईआरजीसीका ग्राउन्ड फोर्स कमान्डर मोहम्मद पाकपुरले जानकारी दिए ।

इरानले आतङ्कवादी सङ्गठनका रूपमा घोषणा गरेको जैश अल–जुल्म यसअघि पनि इरानी सुरक्षा बल र सर्वसाधारणलाई लक्षित गरी गरिएका आक्रमणमा मुछिएको छ । यस समूहको गतिविधिले यस क्षेत्रमा तनाव बढाएको छ र इरानको सुरक्षा प्रयासलाई गम्भीर चुनौती दिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर