इन्डियन प्रिमियर लिग : साविक विजेता चेन्नई सुपर किंग्सले हैदराबादलाई दियो १६६ रनको लक्ष्य

- चैत्र २३, २०८० मा प्रकाशित


कासिनन्यूज,
काठमाडौं ।

साविक विजेता चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबादलाई १६६ रनको लक्ष्य दिएको छ। राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६५ रन बनायो।

चेन्नईका शिवम दुबेले सर्वाधिक ४५ रन बनाए २४ बल खेलेका उनले २ चौका र ४ छक्का प्रहार गरे। अजिंक्य रहाणेले ३५,कप्तान ऋतुराज गायकवाड २६, डेरिल मिचेल १३ र रचिन रविन्द्र १२ रनमा आउट हुँदा रविन्द्र जडेजा ३१ र महेन्द्रसिंह धोनी १ रनमा अविजित रहे।

हैदराबादका भुवनेश्वर कुमार, शाहबाज अहमद, थांगारासु नटराजन र जयदेव उनादकटले १/१ विकेट लिए।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर