कासिनन्यूज,
काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आइतबार राति भएको खेलमा लखनउ सुपर जाइन्टसले गुजरात टाइटनमाथि ३३ रनको जित निकालेको छ।
टस जितेर सुरुमा ब्याटिङ गरेको लखनउले पूरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १६३ रन बनाएको थियो। लखनउले दिएको मध्ययम स्कोरको १६४ रनको लक्ष्य पछ्याएको गुजरात १८ दशमलव ५ बलमा १३० रनमै समेटिएको हो।
सुरुमा ब्याटिङ गरेको लखनउका लागि मार्कस स्टोनिसले अर्धशतक बनाए। उनले चार चौका र दुई छक्काको मद्दतमा ४३ बल खेल्दै ५८ रन बनाएका हुन्। कप्तान केएल राहुलले ३३, निकोलास पुरणले नटआउट ३२ रन जोड्दा आयुष बाडोनीले २० रन जोडे। अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन्।
गुजरातका लागि उमेश यादव र दर्शन नलकण्डेले समान २–२ विकेट हात पार्दा रासिद खानले १ विकेट लिए।
१६४ रनको लक्ष्य पछ्याएको गुजरातका लागि साई सुदर्शनले ३१, राहुल टेवाटियाले ३०, कप्तान सुभमन गिलले १९, विजय शंकर १७ र दर्शन नलकन्देले १२ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्। गुजरात ७ बल खेल्न बाँकी हुँदा सबै विकेट गुमाएर १३० रनमा समेटिएको हो।
लखनउका लागि यस ठाकुरले एक्लै ५ विकेट लिए भने क्रुनाल पाण्डेयले ३ विकेट हात पारे। उसका लागि नवीन उल हक र रवि बिश्नोईले १–१ विकेट लिए।
यो खेलसँगै लखनउ चार खेलमा तीन जित दर्ता गर्दै तालिकाको तेस्रो स्थानमा छ। गुजरात भने पाँच खेलमा दुई जित निकाल्दै ४ अंकका साथ सातौं स्थानामा छ।आईपिएल अन्तर्गत सोमबार चेन्नई सुपर किंग्स र कोलकत्ता किंग्स राइजर्सको प्रतिस्पर्धा हुनेछ। कोलकत्ता दोस्रो र चेन्नई चौथो स्थानमा छन।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments