गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शन

- बैशाख ५, २०८१ मा प्रकाशित


कासिनन्यूज,
काठमाडौँ।

उपप्रधान एव गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदर्शन गरेको छ ।

सहकारी प्रकरणमा छानविनका लागि मार्गप्रशस्त गर्नुपर्ने र राजीनामा दिनुपर्ने भन्दै नेविसङ्घले काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि मशाल जुलुस सहित प्रदर्शन गरेका हुन् । सो क्रममा उनीहरूले रवि लामिछानेको पुत्ला दहन समेत गरेका छन् ।

सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रदर्शनका क्रममा उनीहरूले गृहमन्त्री राजीनामा दे, सहकारी ठगीको अनुसन्धान गर्नुपर्ने लगाएका नारा लगाएका थिए ।

सहकारी प्रकरणमा अनुसन्धानका लागि संसदीय छानविन समिति गठन गर्दा पनि सरकारले नमानेको र सरकारले सहकारी ठगहरूलाई जोगाउन खोजिएको भन्दै आन्दोलन गर्नुपरेको नेविसंघ अनुराज शाहले बताए । नेविसंघले लामिछानेमाथि अनुसन्धान नभएसम्म निरन्तर प्रदर्शन गर्ने जनाएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर