कामदा एकादशी : व्रत वा पूजा विधि र रोचक कथासहित
- बैशाख ७, २०८१ मा प्रकाशित
कासिनन्यूज,
काठमाडौँ ।
शुक्रबार कामदा एकादशी परेको छ । चैत शुक्लपक्ष एकादशी तिथिलाई कामदा एकादशीका नामले चिनिन्छ । यो एकादशीको विधिपूर्वक व्रत राख्नाले सम्पूर्ण कामना पूरा हुने भएकाले यसको नाम कामना पूर्ण गर्नेवाला अर्थात् कामदा रहने गएको हो ।
हरेक महिनाका शुक्लपक्ष र कृष्णपक्षका ११औं तिथिलाई दुई एकादशी भन्दछन् । पूर्णिमापछि आउने एकादशी तिथिलाई कृष्णपक्षको एकादशी भनिन्छ भने औंशी वा अमावश्यापछि आउने तिथिलाई शुक्लपक्षको एकादशी तिथी भनिन्छ ।
हिन्दू सनातन सम्प्रदायमा यी दुवै प्रकारका एकादशी तिथिको धेरै महत्व छ । एकादशीको व्रतलाई महाव्रत पनि भनिन्छ । अन्य व्रतको तुलनामा एकादशी व्रतको महत्व अधिक रहेको बताइन्छ ।
एकादशी स्वर्ग मोक्ष, आरोग्य, सुभार्या एवं सुपुत्र प्रदान गर्ने उत्तम व्रत हो । गंगा, गया, काशी, पुष्कर र कुरुक्षेत्र यी पुण्य क्षेत्रमध्ये कुनै एउटा क्षेत्रको तुलना एकादशीका साथमा हुन सक्दैन । गंगा नदी र अन्य तीर्थ क्षेत्रहरु हरेक दिनको प्रातःकालमा स्मरण गर्ने गरिन्छ ।
यी नदी र तीर्थको नाम लिना साथ तीर्थस्नानको फल प्राप्त हुने विश्वास गरिन्छ । तर, यस्ता पवित्र तीर्थस्थमध्ये एकादशीसँग एउटा स्थानको पनि तुलना नहुने बताइएको छ ।
व्रत वा पूजा विधि
पूजा सामग्री : भगवान विष्णुको मूर्ति वा प्रतिमा, पुष्प, नरिवल, सुपारी, फल, ल्वांग, धूप, दीप, घ्यू, पञ्चामृत, अक्षता, तुलसीदल, चन्दन, फल, मिठाई आदि ।
यस दिन प्रातः उठेर स्नानदीद्वारा निवृत्त भइ शुद्ध वस्त्र धारण गरेर मन्दिरमा दीप प्रज्ज्वलन गर्ने । मन्दिरमा देवीदेवतालाई स्नान गराउने र स्वच्छ वस्त्र पहिराउने । व्रत गर्न सकिन्छ भने व्रतको संकल्प लिने ।
भगवान विष्णु र महालक्ष्मी माताको पनि ध्यान गर्ने । भगवान विष्णुलाई सात्विक भोजनको भोग लगाउने । भोगमा तुलसीलाई सामेल गराउन नबिर्सिने । आवश्यक परे गुरु पुरोहितको सल्लाहमा व्रतविधि गर्ने ।
कथा
धर्मराज युधिष्ठिर भन्नुहुन्छ– ‘हे भगवान १ म हजुरलाई कोटी कोटी प्रणाम गर्दछु । कृपा गरेर मलाई चैत्र शुक्ल एकादशीको महात्म्य बताउनुहोस ।’ श्रीकृष्ण भन्नुहुन्छ– ‘हे धर्मराजा १ यही प्रश्न एक समय राजा दिलीपले गुरु वशिष्ठसँग गर्नुभएको थियो, उहाँले जो महात्म्य बताउनुभएको थियो, तिमीलाई म त्यही महात्म्य बताउँदैछु, ध्यानपूर्वक सुन ।’
‘प्राचीनकालमा भोगीपुर नामको एक नगर थियो । उहाँ पुण्डरीक नामका राजा राज्य गर्दथे । उनी ऐश्वर्यले युक्त थिए । भोगीपुर नगरमा अनेक अप्सरा, किन्नर तथा गन्धर्वहरु पनि बस्ने गर्दथे । उनीहरुबिच अत्यन्त स्नेह थियो । कुनै उनीहरु आपसमा अलग हुनुपर्यो भने पनि अत्यन्त दुःखी हुन्थे ।
एकदिन राजा पुण्डरीकको सभामा अन्य गन्धर्वहरुसहित ललित पनि गीत गाइरहेको थियो । गाउँदागाउँदै उसलाई आफ्नी प्रिय ललिताको याद आयो र स्वर भंग हुन गई गीतको मीठास बिग्रीयो । यसरी गीत बिग्रिएको कुरा कर्कोटक नागले राजालाई भन्यो र राजा अत्यन्त क्रोधित हुँदै ललितलाई श्राप दिन लागे– ‘मेरो सभामा गाउँदागाउँदै आफ्नी स्त्रीलाई स्मरण गरेर सभाको शोभा बिगार्ने तँ काँचो मासु र मनुष्यलाई खानेवाला राक्षस बनेर आप्mनो कर्मको फल भोग ।’
राजाको श्रापका कारण ललित त्यसै क्षण विशाल राक्षसमा परिणत भयो । उसको मुख अत्यन्त भयंकर, आँखा पनि सूर्य चन्द्रमा जस्तो प्रदीप्त र मुख पनि आगोको लप्का निस्किने डर लाग्दो बन्यो । नाक पर्वतको कन्दरा जस्तो, गर्दन पर्वतसमान, हात पाखुरा अत्यन्तै लामा, शीरको कपाल पर्वतका रुखसमान र सम्पूर्ण शरीर आठ योजनको रुपमा विस्तार भयो । यस रुपमा ललित अनेक प्रकारका दुःख भोग्न थाल्यो । यो सब देखेर उसकी स्त्री अत्यन्त दुःखी भइ । आफ्नो पतिको उद्धारको उपाय सोच्न लागि । पतिको पछिपछि जाँदै विलाप गर्न लागिन् । एकदिन आफ्नो पतिको पछिपछि लाग्दै जाँदा विन्ध्याचल पर्वतमा पुगी त्यहाँ श्रृंगी ऋषिको आश्रम थियो । ललिता शीघ्र आश्रममा पुगेर विनीत भावले प्रार्थना गर्न लागिन् ।
यो देखेर ऋषिले सोधे– ‘हे बालिके १ तिमी को हौ रु र यहाँ के कति कामले आयौँ रु’ ललिता भन्न लागिन्– ‘हे मुनी १ मेरो नाम ललिता हो । राजा पुण्रीकको श्रापका कारण मेरा पति विशालकाय राक्षस बन्नुभएको छ । म यो कुराले अत्यन्त दुःखी छु । कृपा गरी यसको उद्धारको उपाय बताइदिनुहोस् ।’
ऋषिले भन्न लागे– ‘हे गन्धर्व कन्या १ चैत्रशुक्ल एकादशी आउनै लागेको छ, जसको नाम कामदा एकादशी हो । यो व्रत गर्नाले मनुष्यका सम्पूर्ण कार्यहरु सिद्ध हुन्छन् । यदि तिमीले यो व्रत गरेर यसको पुण्यको फल आफ्ना पतिलाई दियौ भने ऊनी छिट्टै राक्षस योनीबाट मुक्त हुनेछन् र राजाको श्राप अवश्य शान्त हुनेछ ।’
मुनिको सल्लाह अनुसार ललिताले चैत्रशुक्ल एकादशी आउञ्जेल प्रतिक्षा गरी र कामदा एकादशी आएपछि एकादशीको नियमपूर्वक व्रत गरी र द्वादशीका दिन ब्राम्हणको सामने आफ्नो व्रतको फल आफ्नो पतिलाई दिइ र भगवानको प्रार्थाना गर्न लागिन्– ‘हे प्रभु १ मैले यो जुन व्रत राखेँ, यसको फल मेरो पतिलाई मिलोस् र उहाँलाई छिटै नै राक्षस योनीबाट मुक्ति मिलोस् ।’
व्रतका प्रभावले ललितलाई आफ्नो पुरानै स्वरुप प्राप्त भयो र सुन्दर वस्त्राभूषणले युक्त भएर ललिताको साथमा विहार गर्न लाग्यो र पछि दुवैजना विमानमा बसेर स्वर्गलोक गए ।
वशिष्ठ ऋषिले भन्नुभयो– ‘हे राजन १ यस व्रतको विधिपूर्वक पालना गर्नाले समस्त पाप नाश भएर जान्छ तथा राक्षस आदिको योनीबाट समेत छुटकारा मिल्दछ । यस संसारमा यो जति उत्तम व्रत कुनै छैन । यसको कथा पढ्नाले वा सुन्नाले मात्र पनि वाजपेय यज्ञको फल प्राप्त हुन्छ ।’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments