इन्डियन प्रिमियर लिग : चेन्नई सुपर किंग्सले लखनउ सुपर जायन्ट्सलाई दियो १७७ रनको लक्ष्य

- बैशाख ७, २०८१ मा प्रकाशित


कासिनन्यूज,
काठमाडौँ ।

महेन्द्रसिंह धोनीको आक्रामक ब्याटिङसँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग ९आईपीएल०मा लखनउ सुपर जायन्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको हो।

चेन्नईका लागि धोनीले ९ बलमा ३ चौका र २ छक्कासहित २८ रनको आक्रामक इनिङ्स खेले। अन्तिम ओभरमा मात्रै धोनीले २ चौका र १ छक्कासहित १९ रन बनाएका थिए।अजिंक्य रहाणे ३६, मोइन अली ३० र कप्तान ऋतुराज गायकवाड १६ रनमा आउट हुँदा रविन्द्र जडेजा ५७ रनमा अविजित रहे।

लखनउका कृणाल पाण्ड्याले सर्वाधिक २ विकेट लिए। मोहसिन खान, यश ठाकुर, रवि बिश्वोई र मार्कस स्टोइनिसको नाममा १र१ विकेट रह्यो।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर